
पोखरा, १९ जेठ । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आजदेखि नि:शुल्क एक हप्ते होटल तालिम सुरु भएको छ।
एस्.ई.ई. दिएर बसेका होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको संस्थापक अध्यक्ष अशोक पालिखेले बताए।
पोखरा उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरू पर्वत, स्याङ्जा, तनहुँ र गोर्खा जिल्लाका गरेर ६१ जना विद्यार्थीहरू तालिममा सहभागी भएका छन् ।

तालिम अवधिभरि विद्यार्थीहरूका लागि कुकिङ एण्ड बेकिङ, बार एण्ड मक्टेल मेकिङ, फुड एण्ड बेभ्रेज सर्भिस लगायतका विभिन्न विषयमा आधारित भएर तालिम सञ्चालन गरिएको कुरा व्यवस्थापन संकाय संयोजक विकाश ढुङ्गानाले जानकारी दिए
तालिममा होटल म्यानेजमेन्ट शिक्षकहरू सन्दिप थापा, शिवराज काफ्ले र फुड प्रोडक्सन इन्सटक्टर अरुण मानन्धरले सहजीकरण गरेकाे शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।









नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




