
हुस्सु र कुहिरो हटेसँगै खुलेको वीरगञ्जको घण्टाघरचोक । पछिल्लो समय वीरगञ्ज बजारमा हुस्सु र कुहिरो घट्दै गएको छ । तस्बिर :हिमाल लम्साल / रासस
वीरगञ्ज (पर्सा), ९ साउन । औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्ज महानगर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आइरहेको छ । अत्यधिक तीनपाङ्गे्र अटोरिक्सा र जभाभावी बाटो काट्ने पैदलयात्रीका कारणले यहाँको ट्राफिक व्यवस्थापनमा दिनानुदिन समस्या थपिँदै आइरहेको छ ।
वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्रु जुनसुकै ठाउँबाट पनि बाटो काटिरहेको दृश्य सामान्य जस्तै लाग्छन् । पैदलयात्रीलाई सहज रूपमा वारपार गर्न राखिएका जेब्राक्रसको चिह्न मेटिएर देख्न पनि मुस्किल पर्ने गरेको छ । वीरगञ्ज मीनाबजारका सीताराम साह वीरगञ्जको घण्टाघरचोकमा पैदलयात्री बेपर्वाह ढङ्गले सडक वारपार गर्ने बताउछन्।
“घण्टाघर चोकमा त सर्वसाधारण जहाँ मन लाग्यो । त्यहीबाट बाटो काटेको दृश्य सामान्यजस्तै लाग्छ”, उनले भने, “जसलाई जहाँबाट बाटो काट्न मन लाग्यो । त्यहीबाट बाटो काट्ने प्रवृत्तिले सवारीचालक हैरानी भोग्दै आइरहेका छन् ।” साहले वीरगञ्जको घण्टाघरचोक, नयाँ बसपार्कलगायत स्थानमा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउनुपर्ने बताए।
“सबैभन्दा पहिला त यहाँ सडकमा पर्याप्त मात्रामा जे्रबाक्रस बनाउन आवश्यक भइसकेको छ”, उनले भने, “घण्टाघरमा जडान भएको ट्राफिक लाइटले पनि काम गर्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या थपिरहेको छ ।” घण्टाघरचोकमा भएको जेब्राक्रसमा पनि बाँस राखिएको छ । जसले पैदलयात्रीलाई आवतजावत गर्न समस्या भइरहेको छ । सोही जेब्राक्रस भएकै ठाउँबाट सवारीसाधन चलाउने भएकाले बाँस राख्नुपरेको ट्राफिक प्रहरी बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले सीमित जनशक्ति र पैदलयात्रीमा जनचेतनाको अभावको कारणले जभाभावी ढङ्गले बाटो काट्ने समस्या रहेको बताए। “घण्टाघरचोकमा वरपर रेलिङ नहँुदा पनि जभाभावी बाटो काट्ने सर्वसाधारणलाई नियन्त्रण गर्न मुस्किल परिरहेका छन्”, उनले भने, “भएका रोड फर्निचरहरू पनि नियमित रूपमा मर्मतसम्भार नहुँदा समस्या भइरहेको छ ।”








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




