गजलकार शिव पलाँसको गजल ‘अन्तिम बिदाई’ सार्वजनिक

-



     सफल आवाज    
     कार्तिक २ गते २०८२ मा प्रकाशित



काठमाडौं, २ कार्तिक । आलोचनात्मक उच्च चेत भएका मान्छेहरु अक्सर कमै हुन्छन् । त्यस्ता मान्छेहरुलाई भित्रभित्रै ठिकै हो भन्ने लागेकै हुन्छ तर बाहिरबाट भने समालोचनालाई स्वीकार गर्न गाह्रो मान्छन् ।

नेपाली साहित्य, संगीतका सबै पक्षाहरुकाे विशेष चासो राख्ने, आफ्नै रचनाबाट आफैं आलोचनात्मक सिकार बन्न परेपनि तयार रहने र लेख्ने अनि अन्यका रचनाका बारे सत्यतालाई अंगिकार गर्दै लेखनलाई मजबुत र खँदिलाे बनाउन कसरत गर्ने गीतकार, समिक्षक अनि गायक शिव पलाँस हुन् ।

पलाँसको यथार्थवादी चिन्तन राम्रो पक्ष हो । नेपाली साहित्य, संगीत, रचना, संगीत संयोजन, गायन वा प्रवर्धनको क्षेत्रमा भईरहेका कर्महरुको बारे गहिराईमा पुगेर ज्युकातिउ लेखकिय धर्मको पालना गर्ने श्रष्टा पलाँसले “अन्तिम विधाई” गजल सार्वजनिक गरेका छन् ।

म मर्दा को को मलामी आए हेर्न मन छ मलाई
को रोए अनि को मुस्कुराए हेर्न मन छ मलाई ।
…..