
पोखरा, २० कात्तिक । पोखराको भैरबटोलमा नव निर्मित भैरव मन्दिरमा यही कार्तिक २६ गते (भैरवाष्टमीको दिन) दिउँसो २ बजेबाट दर्शन/पूजन शुभारम्भ हुने भएको छ ।
मन्दिरमा श्री कालभैरवको प्रस्तर प्रतिमा स्थापना गरी तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा सम्पन्न गरिनेछ । सोही अवसरमा भैरवाष्टमीको दिन भक्तजन, दाता तथा समुदायका सबैलाई दर्शन सहितको पूजनमा सहभागी हुन श्री भैरब साँस्कृतिक संरक्षण समितिले आह्वान गरेको छ ।दर्शनार्थीहरूका लागि मन्दिर कार्तिक २७ गतेदेखि प्रत्येक दिन विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म खुला रहनेछ ।
भैरव साँस्कृतिक संरक्षण समितिले काठमाण्डौ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृतिको पोखरामा संरक्षणका क्रममा मन्दिर निर्माणको पहल गरेको अध्यक्ष तीर्थमान प्रधानाङ्गले जानकारी दिए।
समितिका अनुसार पोखरामा नेवार समुदायको आगमनसँगै उपत्यकाको सांस्कृतिक परम्परा जस्तै गण नृत्य (बाह्र भैरव नृत्य), भजन तथा नेवारी अनुष्ठानलाई निरन्तरता दिँदै आएको छ । समितिको २०७३ फागुन ७ गते सम्पन्न ४० औं साधारण सभाले भैरव नृत्यका प्रमुख पात्र कालभैरवको पूजा–आराधना गर्नका लागि मन्दिर निर्माणको निर्णय गरेको सचिब तीर्थ श्रेष्ठले बताए।
सोही निर्णयअनुसार २०७६ जेठ ३ गते पोखरा महानगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर जिसीले मन्दिरको शिलान्यास गरेका थिए । कुल अनुमानित लागत रु. २ करोड ६ लाख ९१ हजार ८९५ रहेको मन्दिर निर्माणमा अहिलेसम्म रु. १ करोड ७० लाख ८८ हजार ६१५ खर्च भइसकेको समितिले जनाएको छ ।
मन्दिर निर्माणका लागि विभिन्न दाताहरूबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको समितिले जनाएको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




