शिवम् सिमेन्ट्सको नाफामा ५३८.१६ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     कार्तिक ३० गते २०८२ मा प्रकाशित



काठमाडौं, ३० कात्तिक । शिवम् सिमेन्ट्स लिमिटेडकाे नाफा बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५३८.१६ प्रतिशतले बढेको हाे।

कम्पनीले गत वर्ष असोज मसान्तसम्म १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे । चालु आर्थिक वर्षको सोही अवधिसम्म २० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीको बिक्री आम्दानी ९.०३ प्रतिशतले बढेको छ । कुल नाफा २१५.०७ प्रतिशतले बढेको छ। अन्य आम्दानी १.९७ प्रतिशतले घटेको छ।

प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा बढेर १५ रुपैयाँ ३७ पैसा भएकाे छ। असोज मसान्तसम्म प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे ३६.४२ गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ सञ्चित रहेकाे वित्तीय विवरणमा उल्लेख छ।