
पोखरा, १२ पुस । इन्टरनेशनल एजुकेशन फाउण्डेशनको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष अशोक पालिखेले कलेजकाे शैक्षािक गतिविधिसहित आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
पाेखरा १४ छिनेडाँडामा रहेकाे नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसि) सोही एजुकेशन फाउण्डेशन लिमिटेड मातहत रहेको संस्था हो । कलेजले प्लस टु, बिएचएम, बिबिए, बिबिए फाइनान्स र इएमबिए गरी ५ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रमकाे जेष्ठ नागरिक प्राणेश्वर पाेखरेल, केदारनाथ कायस्थ तथा इया भट्टराइले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पालिखेले प्रिन्सिपल प्रकाश रेग्मीको अगुवाईमा कलेजमा शैक्षिक गतिविधि राम्रोसंग अगाडी बढिरहेको र परिक्षाको नतिजापनि राम्रो भईरहेको खुसि व्यक्त गरे ।
उनले प्लस टु मा भर्ना भएका विद्यार्थीहरु यहींबाट मास्टर डिग्री गरुन् भन्ने चाहनालाई पूरा गर्ने लक्ष्यमा रहेको बताए ।
कार्यक्रममा संस्थाका लेखा परीक्षक एलके शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा डाइरेक्टर कर्माकुमारी गुरुङ, जयराम हमाल, माइकल कर्माचार्य, कृष्ण बहादुर थापा, हरि पराजुली, डा.अनिल सुवेदी, किरण केसी, लगायतका शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रका विशिष्ट पाहुनाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा एनटीएचएमसी विद्यार्थीहरुले सेवामा सहजीकरण गरेका थिए भने उनीहरुले सांगितिक प्रस्तुति दिएका थिए ।
हालसम्म १५ हजार बढी दक्ष विद्यार्थी उत्पादन गरीसकेको र स्वदेश तथा विदेशका विभिन्न स्टार होटलहरूमा उच्च पदहरूमा रहेर काम गरिरहेका नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, एनटीएचएमसिको शैक्षिक नेतृत्व प्रिन्सिपल प्रकाश रेग्मीले गरेका छन् ।
कार्यक्रममा अध्यक्ष पालिखेले बोर्ड सदस्यहरुसंगै कलेजको उन्नयनका लागि हरबखत खटिएका डायनामिक लिडर भन्दै प्रिन्सिपल प्रकाश रेग्मी, सहायक प्रिन्सिपल राजकुमार कार्कि, बीबीए कोअर्टिनेटर हरिहर पौडेल र प्लस् टू कोअर्टिनेटर दीनेश कुमार यादवलाई खादा, माला लगाएर सम्मान गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता दामोदर अधिकारीले गरेका थिए ।










खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




