कुमुदिनीमा ‘जेनेरेटिभ एआई’ शिक्षण कार्यशाला आयाेजना

-



     सफल आवाज    
     फागुन ७ गते २०८२ मा प्रकाशित



पोखरा, ७ फागुन । गण्डकी प्रदेश पोखराको प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बिहिबार विद्यालय शिक्षकहरूका लागि जेनेरेटिभ एआई (Generative AI) शिक्षणबारे एक कार्यशाला गरिएकाे छ ।

विद्यालयका सँस्थापक अध्यक्ष अशोक पालिखेले कार्यशालाका लागि आउनु भएका दुइजना विज्ञलाई स्वागत गर्दै आधुनिक प्रविधिको विकाससँगै शिक्षकहरू पनि प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयाे ।

अध्यक्ष पालिखेले अबको शिक्षा परम्परागत तरिकाले मात्र सम्भव नभएको बताउनुभयो। “हामी त्यस्तो युगमा छौँ जहाँ विद्यार्थीहरू सूचना प्रविधिसँग निकै नजिक छन्। यदि शिक्षकले समय अनुसार आफूलाई अपडेट गरेनन् भने उनीहरू विद्यार्थीभन्दा पछि पर्ने डर हुन्छ,” पालिखेले भन्नुभयो।

अध्यक्ष पालिखेका अनुसार विद्यालयले शिक्षकहरूलाई AI तालिम दिनुका मुख्य तीन कारणहरू बताउनु भयाे।

  • शिक्षण विधिलाई आधुनिकीकरण गर्न: पाठ योजना तयार गर्नेदेखि जटिल विषयहरूलाई सरलीकृत गर्न AI एक शक्तिशाली सहायक हुन सक्छ।
  • समयको बचत: प्रशासनिक र कागजी काममा खर्च हुने समय बचाएर शिक्षकहरूले विद्यार्थीको व्यक्तिगत विकासमा ध्यान दिन सकून्।
  • विश्वव्यापी प्रतिस्पर्धा: हाम्रा विद्यार्थीहरू भोलि विश्व बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, त्यसैले उनीहरूलाई सिकाउने शिक्षक नै पहिला प्रविधिमा पोख्त हुनुपर्छ।

गणित शिक्षक मन बहादुर भुजेल, सह प्रचार्य मुकेश कुमार अधिकारीले जमाना प्रविधिकाे भएकाेले शिक्षण सिकाइका लागि एआईलाई सहयाेगिकाे रुपमा अँगाल्न जरुरी भएकाे र कार्यशाला फलदायि भएकाे बताउनु भयाे ।

कार्यशालामा काठमाडौंबाट पाेखरा आएका काठमाडौं युनिभर्सिटिका डा‍ भरत न्याेपाने र डा निराेज दाहालले सहजिकरण गर्नुभयाे। साे अवसरमा उहाँहरुले एआई शिक्षकको ‘सहयोगी’ मात्र भएकाे र विकल्प नभएकाे बताउनु भयाे ।

उहाँहरुले एआईलाई शिक्षकको स्थान लिने खतराको रूपमा भन्दा पनि एक ‘रचनात्मक साथी’ (Creative Companion) को रूपमा हेर्नुपर्नेमा जोड दिनुभयाे। उहाँका अनुसार एआईले शिक्षकलाई पाठ योजना बनाउन, सामग्री तयार पार्न र विद्यार्थीलाई व्यक्तिगत प्रतिक्रिया (Feedback) दिन सघाउँछ, तर शिक्षकको मानवीय संवेदशीलता र कक्षाकोठाको व्यवस्थापन क्षमताको विकल्प यो हुन नसक्ने बताउनु भयाे।

शिक्षकहरूको व्यावसायिक विकास (Professional Development)

पछिल्लो अनुसन्धानले एआईले शिक्षकहरूको क्षमता अभिवृद्धिमा कसरी मद्दत गर्छ भन्ने देखाएको छ।

  • TPACK Framework: शिक्षकहरूले प्रविधि (Technology), शिक्षण विधि (Pedagogy) र विषयवस्तु (Content) लाई जोडेर पढाउन एआईको मद्दत लिन सक्छन्।
  • अनुकूलन सिकाइ: शिक्षकहरूले विद्यार्थीको स्तर अनुसार फरक-फरक शैक्षिक सामग्री तयार गर्न एआई प्रयोग गर्नुपर्ने सुझाव छ।

उहाँहरुले एआईको अत्यधिक निर्भरताप्रति सचेत पनि गराउनुभएको छ। उहाँका अनुसार साना-तिना काममा पनि एआई प्रयोग गर्दा हाम्रो “मस्तिष्कको मांसपेशी” कमजोर हुन सक्छ। हामी आफ्नै विचारका लागि ‘मिडल म्यानेजर’ जस्तो बन्नु हुँदैन; बरु एआईलाई आफ्नो सोचाइ तिखार्ने औजारका रूपमा प्रयोग गर्नुपर्छ भन्नुभयाे।

शिक्षकहरूले एआई (जस्तै ChatGPT वा Gemini) बाट राम्रो नतिजा निकाल्नका लागि ‘प्रम्प्ट’ (Prompt) अर्थात् निर्देशन दिने कला सिक्नुपर्छ।

१. पाठ योजना (Lesson Plan) बनाउनका लागि

२. जटिल विषयलाई सरल बनाउन (Simplified Explanation)

३. सिर्जनात्मक गृहकार्य (Creative Homework) दिनका लागि

४. इमेल वा सूचना लेख्न (Professional Communication) लगायतका विषयहरुका लागि आदि ।