
काठमाडौं, १३ चैत । शुक्रबार चैत १३ गते नयाँ सरकार गठन भएसँगै एउटा नयाँ युगको शंखघोष भएको महसुस् गरिरहेकी छु ।
म आत्मादेखि नै खुशी र आशावादी पनि भएकी छु । विगतले मेरो कर्मयोगी पुस्तालाई अन्याय गर्यो । हजार संघर्ष गर्दा पनि आफ्नै देशमा गरिखान नदिएको पीडा मैले पनि भोगेकी छु ।
आफ्ना नैसर्गिक अधिकारका लागि आवाज उठाएको मेरो कलिलो छोरालाई निर्मम रूपमा गोली हानियो । गोलीको त्यो घाउ अझै ताजा छ । उ जस्तै जिवनभर उपचार गर्नुपर्ने हजारौं नवयुवाहरु छन् । तर आज म आशावादी छु कि ती सबै अन्यायहरूको हिसाब अवश्य हुनेछ।
म केवल एक पीडित आमा मात्र होइन । म एउटा योद्धाकी पनि आमा हुँ । म एउटै छोराकी आमा होइन, म ती हजारौं नवयुवाहरूकी आमा हुँ, जसले सुशासन र न्यायका लागि आवाज उठाए।
आज बालेन्द्र शाह प्रधानमन्त्री बनेको सुन्दा मनमा खुशी छ भने सुदन गुरुङ गृहमन्त्री भएको खबरले विश्वास जागेको छ र गर्व लागेको छ । अब देशमा सुशासन आउँछ भन्ने आशा पलाएको छ । जनतालाई ठग्ने र काम गर्नेहरूलाई दुःख दिनेहरूलाई सजाय हुनेछ । मेरो निर्दोष छोराको छातीमा ताकेर तीन–तीन वटा गोली हान्ने अपराधीले पनि कठोर सजाय पाउनेछ । मेरो छोरासहित हजारौं नवयुवाहरूले न्याय पाउनेछन् ।
आज म सबैलाई एउटा प्रश्न गर्न चाहन्छु । गोली लाग्दा पीडा हुने कुरा केवल जस्को बच्चा हो उसैलाई मात्र किन लाग्छ ? हिजोसम्म चुनावमा जेन्जीलाई फेसनका रूपमा प्रयोग गरियो । तर अब के ? तपाईंलाई कहिलेसम्म दुख्छ वा दुख्दैन ? के तपाईंको आफ्नै छोराछोरीमाथि अन्याय नभएसम्म र आफ्नैलाई गोलि नलागेसम्म तपाईं चुप बसिरहनुहुन्छ ? एकपटक गहिरिएर सोच्नुहोस् ।
मलाई विश्वास छ । आज जागेको यो उज्यालो कहिल्यै निभ्ने छैन। म जस्ता कर्मयोगी आमाहरू बाध्यताले राजनीतिमा आउन नपरोस् । हाम्रो काम र क्षमताको कदर होस् ।
गत भदौको २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा गोली लागेर शक्त घाइते भएका भक्तपुरका श्रेयस न्यौपाने सीता पाण्डे अर्थात् मेरै छोरा हुन् । जस्ले मृत्युलाई जितेका छन् । तर गाेलीका खत र घाउहरु बाेकीरहेका छन् ।
अध्ययनले, सूजबूजले, सामाजिक चिन्तनले, सद्भाव, सहयोग र मृदुभाषि हँसिलो मुहारका उनले आफ्नै मातृभूमिमा केहि होस् केहि गर्न सकियोस् र राज्यले त्यो वातावरण् बनाउनुपर्ने र सुशासनयुक्त मुलुकको सपना देखेका छन् । याे हरेक युवाकाे चाहाना पनि हाे ।
सरकारले तमाम् युवाको भावना बुझोस्, घाईतेको मनोभावनामा ठेस् नपुर्याओस् र उनीहरुको घाईते जीवनलाई उच्च मनोभावना जागृत गराई उनीहरुको सिप, क्षमता र विवेकलाई मातृभूमिको उन्नयनका लागि भरपुर उपयोग गरोस् अनि आवश्यक अवसरहरुको चाँजोपाँजो मिलावस् । यही कामना गर्दै नयाँ उर्जाशिल सरकारलाई बधाई । सिता पाण्डे (दिव्या), योद्धाकी आमा








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




