
भैरहवा , २१ चैत। नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
भैरहवामा आज सम्पन्न महासङ्घको आठौँ प्रदेशसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले अध्यक्ष पदमा जमसेर अलि मियाँलाई पराजित गर्नुभयो ।
यस्तै जिल्ला नगर उपाध्यक्षमा दाङका टङ्कसिंह बुढाथोकी तथा एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित हुनुभयो ।
यसैगरी कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने तथा सदस्यमा बर्दियाका बद्रीनाथ बराल र प्युठानका माधवराज भण्डारी, एसोसिएट सदस्यमा रुपन्देहीका सौरभ अग्रवाल र दाङको लमहीका युवराज पोखरेल निर्विरोध निर्वाचित हुनुभएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।








काठमाडौँ, ५ मंसिर । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी…
नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।… 




