
पोखरा, २ जेठ । कन्या क्याम्पस पोखरामा क्याम्पसका छात्राहरुका बिच बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिको अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा वडा नं. ३ का वडाध्यक्ष प्रकाशमान उदासको प्रमुख आतिथ्यता रहेको थियो ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा “संस्कृति संरक्षणमा युवाको भूमिका” बिषयमा छात्राहरुबीच आयोजित उक्त प्रतियोगितामा १५ जना छात्राहरु सहभागी भएका थिए ।
प्रतियोगिताको प्रमुख निर्णायकमा चन्द्रावती वाग्लेको टोली रहेको थियो । डा. भूमिराज बस्ताकोटी र लक्ष्मी सापकोटा सदस्य रहेका थिए ।
उक्त प्रतियोगितामा बी.एड. प्रथम बर्षका छात्रा रितिका परियार प्रथम, बी.एड. प्रथम बर्षका छात्रा रेश्मा भट्टराई द्वितिय, बी.बी.एस प्रथम बर्षका छात्रा कोपिला सुबेदी तृतिय र बी.ए. प्रथम बर्षका छात्रा अनिसा पुन तथा कक्षा ११ का छात्रा करुणा बयलकोटीले सान्त्वना स्थान हासिल गरेका थिए ।
बिजेता छात्राहरुले प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरे । छात्राहरुले पश्चिमी संस्कृतिको व्याप्तताले आफ्नो देशका् संस्कृति लोप हुने खतरा बढेको बताउदै देशको संस्कृति बचाउन युवाहरु लाग्नुपर्ने बिचार व्यक्त गरे ।
क्याम्पस प्रमुख सुरेस कुमार मानन्धर, प्राध्यापक संघका सभापति दिननाथ अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । प्राध्यापक संघका उपसभापति एवं अतिरिक्त क्रियाकलाप प्रमुख अर्चना यादवले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमलाई क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




