एमजी कमेट ईभी खरिदमा नयाँ अफर: अब दैनिक ५२० रुपैयाँको ईएमआईमै घर लैजान सकिने

-



     सफल आवाज    
     असार २६ गते २०८३ मा प्रकाशित



काठमाडौं, २६ असार । नेपालका लागि एमजी (मो्रिस ग्यारेज) गाडीको आधिकारिक विक्रेता, गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी. ओ. अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट र स्मार्ट विद्युतीय कार एमजी कमेट ईभी (MG Comet EV) खरिदलाई थप सहज बनाउन नयाँ दैनिक ईएमआई (EMI) योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले अब दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा एमजी कमेट ईभी आफ्नो बनाउन सक्नेछन् । यो खर्च दैनिक ट्याक्सी बुकिङ गर्ने वा व्यक्तिगत चालक (ड्राइभर) राख्ने खर्चभन्दा पनि कम भएको कम्पनीको दाबी छ ।

सहरी जीवनशैलीका लागि उत्तम विकल्प

जी. ओ. अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार विद्युतीय सवारी खरिदलाई ठूलो आर्थिक बोझको रूपमा नभई सहज जीवनशैलीको स्वाभाविक रोजाइ बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । उनले भने, “नेपालका साँघुरा सडक, शहरी जीवनशैली र इन्धन खर्च बचत गर्न चाहने ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर यो गाडी तयार गरिएको हो ।

दैनिक ५२० रुपैयाँको किस्ताले ग्राहकको सबैभन्दा ठूलो अन्योल हट्नेछ र यसले शैली तथा आराममा कुनै सम्झौता नगरी स्मार्ट र दिगो यात्राको अनुभव प्रदान गर्छ ।”

गाडीका विशेषताहरू र मूल्य:

  • सुरुवाती मूल्य: १८ लाख ७५ हजार रुपैयाँ ।
  • डिजाइन र क्षमता: सहरी सडकलाई लक्षित गरी डिजाइन गरिएको यो कम्प्याक्ट विद्युतीय ह्याचब्याक कारमा ४ जनासम्म सहज रूपमा यात्रा गर्न सक्छन् ।
  • ब्याट्री र मोटर: एमजीको अत्याधुनिक विद्युतीय प्लेटफर्ममा आधारित यस गाडीमा १७.३ किलोवाट आवर (kWh) क्षमताको ब्याट्री र पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ ।
  • रेन्ज: एकपटक पूर्ण रूपमा चार्ज गर्दा यसले एआरएआई (ARAI) प्रमाणित २३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।

नेपालका सहरहरूमा बढ्दो सवारी चाप र इन्धनको महँगीबीच एमजी कमेट ईभी यसको कम्प्याक्ट आकार र किफायती सञ्चालन खर्चका कारण दैनिक आवतजावत र व्यक्तिगत कामका लागि उत्कृष्ट विकल्प साबित हुने कम्पनीको विश्वास छ ।

यस योजना र गाडीका बारेमा थप जानकारीका लागि थापाथलीस्थित एमजीको शोरुम, फोन नम्बर +९७७-९८०१०२००६२ वा इमेल info@mgmotor.com.np मार्फत सम्पर्क गर्न सकिनेछ ।