कुमुदिनी होम्सद्वारा कास्कीका २ वटा सरकारी विद्यालयलाई स्टेशनरी सामाग्री र खाजा रकम सहयोग

-



     सफल आवाज    
     श्रावण १५ गते २०८३ मा प्रकाशित



पोखरा, १५ साउन । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माबिले कास्कीका ग्रामीण क्षेत्रका दुई सरकारी विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी सामाग्री तथा खाजा खर्च बापतको रकम सहयोग गरेको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ खादरजुङमा रहेको बाराही आधारभूत विद्यालय र पोखरा महानगरपालिका वडा नं. १९ स्थित धारा आधारभूत विद्यालयलाई रु. ३५ हजार बराबरको स्टेशनरी तथा जनही ३० हजार नगद खाजा खर्चको रकम प्रदान गरिएको हो।

स्टेशनरी सामग्री कुमुदिनी होम्स माध्यमिक बिद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सङ्कलन गरेका हुन् । कुमुदिनीका स्वयं बिध्यार्थीहरु नै सो विद्यालयमा उपस्थित भएर स्टेशनरी सामाग्री हस्तान्तरण गरेको बिद्यालयका सस्थापक अशोक पालिखेले बताए।

साथै दुबै बिद्यालयलाई खाजा खर्च बापतको ६००००/- रकम बिद्यालयका अभिभावक तथा सफल मिडिया हाउस प्रा लिका अध्यक्ष दुर्गा प्रसाद हुमागाईंले सहयोग गरेको संस्थापक पालिखे ले बताए।

सोहि अवसरमा धारा आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष माधव प्रसाद गौतम र बाराहीका प्रधानाध्यापक राम आचार्यलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो।

माछापुच्छ्रे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले ग्रामीण भेगका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले सामाजिक उत्तरदायित्व बहन गर्दै विगत १२ वर्षदेखि बिद्यालयले यस्ता सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको बताए। उनले भने : “दुवै सरकारी विद्यालयको शैक्षिक अवस्था सुधारका लागि आर्थिक, भौतिक तथा शिक्षण-सिकाई तालिमहरूमा जोड्न हाम्रो विद्यालय सदैव प्रयासरत छ।

अध्यक्ष पालिखेले भविष्यमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

त्यस्तै, सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा लायन्स अन्तर्राष्ट्रिय ३२५ के नेपालका निबर्तमान गभर्नर दुर्गा प्रसाद हुमागाईंले आफ्ना पुराना स्कुल जीवनको स्मरण गर्दै अघिल्लो वर्षदेखि विद्यार्थीहरूका लागि खाजा रकम सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै यो सेवा र सहयोगको अवसर प्रदान गर्नुहुने कुमुदिनी होम्स बिधालयलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै त्यहा उपस्थित विद्यार्थीहरूलाई पढाइमा विशेष ध्यान दिन अनुरोध समेत गरेका थिए ।

सहयोग प्राप्त गरेपछि धारा आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष माधव प्रसाद गौतम र बाराहीका प्रधानाध्यापक राम आचार्यले कुमुदिनी होम्स परिवार तथा संस्थापक अध्यक्ष अशोक पालिखे र सहयोगदाता हुमागाईंप्रति आभार प्रकट गरेका थिए। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले पनि सहज रूपमा पढ्न पाउनुपर्छ र विद्यालय जोगिनुपर्छ भन्ने पालिखेको अग्रसरताले आफूहरूलाई थप प्रेरणा मिलेको उनिहरूको भनाइ थियो।