
काठमाडौं, २७ साउन। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।
बैंकले ल्याएको विशेष योजना अनुसार अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत मात्र प्रिमियम थपेर कर्जा प्राप्त गर्न सक्नेछन्। जसअनुसार हालको आधारदरका आधारमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदर कायम हुनेछ। बैंकको आधारदर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ।
साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ विद्युतीय सवारी (इभी) किन्ने ग्राहकका लागि ३ वर्षसम्मका लागि ५.९९ प्रतिशतको स्थिर (Fixed) ब्याजदर योजना ल्याएको छ। ३ वर्षपछि भने उक्त कर्जाको दर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिने बैंकले जनाएको छ।
स्थलगत आवेदन र ३ दिनभित्रै कर्जा स्वीकृति:
बैंकले नाइमा अटो एक्सपोमा आफ्नै स्टल राखेर गाडी किन्न इच्छुक ग्राहकलाई कर्जा प्रक्रिया अगाडि बढाउने व्यवस्था मिलाएको छ। ग्राहकले एक्सपोस्थित स्टलबाटै कर्जाको आवेदन दिन सक्नेछन्। आवश्यक सम्पूर्ण कागजात पुरा भएपछि बैंकले अधिकतम ३ दिनभित्रै कर्जा स्वीकृतिको पत्र (Approval Letter) प्रदान गर्नेछ।
उत्कृष्ट बैंकिङ सेवा र फराकिलो सञ्जाल:
आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण ग्लोबल आइएमई बैंक सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधिबाट सम्मानित भइसकेको छ। यसका साथै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स (२०२२, २०२४ र २०२५) लगायतका धेरै प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेको छ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक ग्लोबल आइएमईका हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्। बैंकले विश्वका विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




