
काठमाडौं, ८ भदाै। लक्जरी चिनियाँ विद्युतीय सवारी साधन (ईभी) ब्राण्ड ‘स्काईवेल’ नेपाली बजारमा भित्रिएको छ। एलआरआर मोटर्सले स्काईवेल ब्राण्डको बहुप्रतिक्षित ‘बीई ११’ (BE 11) मोडलका ईभी नेपाल भित्र्याएको हो।
कम्पनीले हाललाई यस मोडलका दुई फरक भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको छ। यी नयाँ ईभी भदौ ९ गतेदेखि सुरु हुने ‘नाडा अटो शो २०२६’ को पहिलो दिन औपचारिक रूपमा सार्वजनिक गरिने एलआरआर मोटर्सले जनाएको छ। नाडा अटो शोमा कम्पनीको स्टल नम्बर ‘एच१९’ (H19) रहनेछ।
सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच उत्पादक कम्पनी स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी तथा अटोमोबाइल पारखीहरूको उपस्थितिमा स्काईवेलको आधिकारिक लोगो अनावरण गरेका छन्।
ब्याट्री, रेन्ज र पर्फर्मेन्स
नेपाल आएको ५ सिटर स्काईवेल बीई ११ दुई ब्याट्री क्षमतामा उपलब्ध हुनेछ:
- ७१.९८ kWh (NMC ब्याट्री): एक पटकको फुल चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज दिने।
- ५१.९१ kWh (LFP ब्याट्री): एक पटकको फुल चार्जमा ४१० किलोमिटरसम्मको रेन्ज दिने।
यी दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको शक्तिशाली मोटर र ८०० भोल्टको हाई-भोल्टेज आर्किटेक्चर प्रयोग गरिएको छ, जसले फास्ट चार्जिङलाई प्रभावकारी रूपमा सपोर्ट गर्छ। डिसी फास्ट चार्जरको प्रयोग गरी यस गाडीलाई ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ।
आकर्षक फिचर्स र नेपाली बाटो सुहाउँदो डिजाइन
स्काईवेल बीई ११ लाई लक्जरी र आरामदायी बनाउन पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, प्रशस्त भित्री स्पेस (केबिन) र आधुनिक बडी डिजाइन समावेश गरिएको छ।
यसमा १९८ एमएमको उत्कृष्ट ग्राउण्ड क्लेरेन्स रहेकाले नेपालको विषम र चुनौतीपूर्ण सडकहरूमा पनि सहजै हाँक्न सकिने कम्पनीको दाबी छ।
गाडीको मूल्य, वारेन्टी तथा थप प्राविधिक विवरणहरू नाडा अटो शोमा हुने औपचारिक सार्वजनिक कार्यक्रममै घोषणा गरिनेछ। कम्पनीका अनुसार नेपाली ग्राहकलाई लक्षित गरी यो ईभी आक्रामक र प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याइनेछ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




