
काठमाडौं, ९ भदौं । बहुप्रतिक्षित ‘नाडा अटो शो २०२६’ आजदेखि काठमाडौमा शुरु भएकाे छ । भृकुटीमण्डपमा शुरू भएकाे ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शोको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले औपचारिक समुद्घाटन गरेकाे नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सफल आवाजलाई बताए।
यस अटो शो मा ५३ सवारीका ब्राण्ड, ७० पार्टस् तथा सेवा कम्पनी र ११ वटा बैंक तथा वित्तिय संस्थाहरुले भाग लिएका छन् ।
अवलोकनकर्ताको लागि दुई स्थान नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधनको पार्किङको व्यवस्था गरिएको जानकारी दिए ।

‘नाडा अटो शो’ अबलोकनकर्ताहरुको सुविधालाई ध्यानमा राख्दै नाडाले खल्ती एप वा आधिकारिक क्यूआर कोड मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । त्यस्तै सर्वसाधारणहरुको लागि प्रवेश शुल्क २०० र विद्यार्थीका लागि १५० रुपैयाँ रहेको जनाएको छ ।
त्यस्तै प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवा पनि उपलव्ध रहेको छ । त्यसैगरी सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरेको नाडाले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




