
जेनेभा, ६ असोज । यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट करिब १ लाख ३० हजार मानिस विस्थापित भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार विस्थापितमध्ये धेरै जना पटक–पटक आफ्नो घर छाड्न बाध्य भएका छन् ।
आईओएमका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक ओथमान बेलबेसीले विस्थापितको संख्या तीव्र रूपमा बढिरहेको बताउनुभएको छ । उहाँका अनुसार सेप्टेम्बर १८ सम्म १ लाख १८ हजार ८६ जना विस्थापित रहेकोमा तीन दिनभित्रै थप ११ हजार ३५२ जना विस्थापित भएका छन् ।
आईओएमको पछिल्लो तथ्यांकअनुसार ताइज गभर्नरेटमा सबैभन्दा धेरै विस्थापित रहेका छन्। त्यहाँ मात्रै ७३ हजार ४९४ जना विस्थापित भएको जनाइएको छ । यमन सन् २०१४ देखि जारी द्वन्द्वका कारण गम्भीर मानवीय संकटमा छ । सन् २०१४ मा हुथी समूहले राजधानी सानासहित देशका केही महत्वपूर्ण क्षेत्रमा नियन्त्रण कायम गरेपछि सन् २०१५ मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा हस्तक्षेप गरेको थियो ।
वर्षौँदेखि जारी युद्ध, आर्थिक संकट र पटक–पटक आउने प्राकृतिक विपत्तिका कारण यमनका लाखौँ मानिस मानवीय सहायता आवश्यक पर्ने अवस्थामा पुगेका छन् । यसैबीच, आईओएमका अनुसार आइतबार साँझसम्म यमनबाट लाल सागर पार गर्दै ३ हजार १०६ जना मानिस जिबुती पुगेका छन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




