
काठमाडौं, २१ असाेज। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सदस्य दलाल कम्पनी ब्रिलियन्ट सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ०८) ले शेयर लगानीकर्ताहरूका लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याएको छ।
लगानीकर्ताहरूको लगानी क्षमता अभिवृद्धि गर्ने, प्रविधिमैत्री सेवा उपलब्ध गराउने र सहज वित्तीय पहुँच पुर्याउने उद्देश्यले यो सुविधा सुरु गरिएको कम्पनीले जनाएको छ।
यस सुविधामार्फत लगानीकर्ताले आफूसँग रहेको पूँजीको अधिकतम उपयोग गर्दै धितोपत्र बजारमा थप लगानीका अवसरहरूको लाभ लिन सक्नेछन्।
मार्जिन ट्रेडिङ सुविधाका मुख्य सर्त तथा विशेषताहरू:
- आकर्षक ब्याजदर: वार्षिक ८.०० प्रतिशत (प्रतिवर्ष)।
- कारोबार सीमा: न्यूनतम रु. १० लाखदेखि अधिकतम रु. २ करोडसम्म।
- ब्रोकर फाइनान्सिङ: कुल खरिद क्षमताको अधिकतम ७० प्रतिशतसम्म।
- मार्जिन व्यवस्था: प्रारम्भिक मार्जिन (Initial Margin) ३० प्रतिशत र सम्भार मार्जिन (Maintenance Margin) २० प्रतिशत।
- सुविधाको समयावधि: १ महिनादेखि ३ महिनासम्म।
- सेवा शुल्क: ०.२५ प्रतिशत।
वास्तविक उपयोगमा मात्र ब्याज लाग्ने पारदर्शी व्यवस्था
ब्रिलियन्ट सेक्युरिटिजका अनुसार यस सुविधाको मुख्य विशेषता भनेको स्वीकृत कुल सीमामा नभई लगानीकर्ताले वास्तवमा शेयर खरिदका लागि प्रयोग गरेको (Utilized) रकममा मात्र ब्याज लागु हुनु हो। यस पारदर्शी व्यवस्थाले लगानीकर्तालाई अनावश्यक ब्याजको भारबाट जोगाउनेछ। साथै, न्यूनतम सुरुआती पूँजीबाटै लगानीकर्ताले आफ्नो खरिद क्षमता र कारोबार सीमा बढाउन सक्नेछन्।
यो सुविधा नेपाल धितोपत्र बोर्ड (SEBON) तथा नेप्सेको प्रचलित नियम, नियामकीय व्यवस्था र स्वीकृत सीमाभित्र रही सञ्चालन हुने कम्पनीले जनाएको छ। मार्जिन कारोबारमा बजारको जोखिमसमेत अन्तरनिहित रहने भएकाले लगानीकर्ताहरूलाई आफ्नो जोखिम वहन क्षमता र लगानीको उद्देश्यलाई ध्यानमा राखेर मात्र निर्णय लिनसमेत ब्रिलियन्ट सेक्युरिटिजले अनुरोध गरेको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




