
b;}Fsf] nflu l6s6 a'lsª b;}F dgfpg 3/ hfgsf nflu gofF a;kfs{df z'qmaf/b]lv v'n]sf] clu|d l6s6 sfp06/df l6s6 a'lsª u/fpg]x?sf] eL8 . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौं, २३ असाेज। आगामी बडादसैँमा घर जानका लागि काठमाडौँको नयाँ बसपार्कमा यात्रुहरूको बाक्लो उपस्थिति र घुइँचो बढेको छ। सरकारले शुक्रबार (असोज २३ गते) देखि दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला गरेसँगै टिकट लिनका लागि काठमाडौँको नयाँ बसपार्कमा यात्रुहरूको लामो लाइन लागेको हो।
विभाग, प्रहरी र यातायात व्यवसायीबीचको सहमति यसअघि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी तथा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूबीच गत असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँ लक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आजदेखि काठमाडौँ उपत्यकाबाट बाहिरिने मुख्य नाका तथा बसपार्कहरूमा बुकिङ खुला गरिएको हो।
रातिदेखि नै लाइनमा यात्रु टिकट बुकिङ आधिकारिक रूपमा शुक्रबारदेखि खुला हुने भए पनि सुदूरपश्चिम तथा दूरदराजका जिल्ला जाने यात्रुहरू बिहीबार रातिदेखि नै टिकट पाउनका लागि लाइनमा बसेका छन्। नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार बिहीबार राति ९:०० बजेदेखि नै यात्रुहरू नयाँ बसपार्क पुगेर लाइनमा बस्न थालेका थिए। विशेष गरी बझाङ, बाजुरा, धनगढी लगायतका लामो दूरीका गन्तव्यमा जाने यात्रुहरू रातिदेखि नै पालो पर्खेर बसेका छन्।
अतिरिक्त टिकट काउन्टरको व्यवस्था यात्रुहरूको चापलाई ध्यानमा राख्दै र सहज रूपमा टिकट उपलब्ध गराउनका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क परिसरमा १५ वटा थप टिकट काउन्टर सञ्चालनमा ल्याएको छ। दसैँमा उपत्यकाबाट लाखौँको संख्यामा सर्वसाधारण आफ्नो जन्मथलो फर्किने भएकाले सहज यातायात व्यवस्थापनका लागि सरोकारवाला निकायले अनुगमन तथा समन्वय गरिरहेका छन्।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




