
काठमाडौं, २३ असाेज। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार सामान्य अंकले बढेको नेप्सेले शुक्रबार पनि सोही वृद्धिलाई निरन्तरता दिएको हो।
शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.८० अंक, फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले सकारात्मक रहे।
नेप्सेमा सुधार आएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा शुक्रबार कुल ३५३ वटा स्क्रिपको ५२ हजार ४४ पटकको कारोबारमा ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ५ हजार कित्ता सेयर कारोबार भएको छ।
कुन कम्पनीको कारोबार कस्तो रह्यो?
- शीर्ष कमाकर्ता: यस दिन मूल्य बढेका कम्पनीहरूको वृद्धिदर ५ प्रतिशतभन्दा कमै रह्यो। कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य ४.९१ प्रतिशतले बढेको छ। त्यस्तै, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
- शीर्ष गुमाकर्ता: कारोबारमा आएको रिज लाइन इनर्जीको सेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ।
- अग्रस्थानमा कारोबार: कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रह्यो। कुमारी बैंकको २१ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। घलेम्दी हाइड्रोको २० करोड रुपैयाँभन्दा बढी र हिमालयन डिष्टिलरीको करिब १९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
सबै १३ उपसमूहमा हरियाली
शुक्रबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशतले उकालो लागेको छ। बाँकी अन्य उपसमूहहरूमा पनि सामान्य सुधार देखिएको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




