सामसङ र एनसेलको दसैं अफर: टिभी, फ्रिज र वासिङ मेसिनमा ३१ प्रतिशतसम्मको लाभ

-



     सफल आवाज    
     असाेज २४ गते २०८३ मा प्रकाशित



काठमाडौं, २४ असाेज । दसैं तथा तिहारको अवसर पारेर सामसङ नेपाल र एनसेलले (Ncell) ग्राहकहरूका लागि विशेष संयुक्त अफर सार्वजनिक गरेका छन्। यस अफरअन्तर्गत एनसेलका ग्राहकहरूले सामसङका छानिएका टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनको खरिदमा विशेष छुट पाउनेछन्।

सामसङको हाल चलिरहेको चाडपर्व अफर “Smart Upgrade घरमा, Lucky Surprise चाडमा!” मा एनसेल ग्राहकका लागि थप १२ प्रतिशतसम्मको छुट थप गरिएको छ। यससँगै ग्राहकहरूले तोकिएका मोडेलहरूमा कुल ३१ प्रतिशतसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

कसरी लिने अफरको लाभ ?

अफर प्राप्त गर्न एनसेलका ग्राहकहरूले निम्नलिखित प्रक्रिया अपनाउनुपर्नेछ:

१. एनसेल एप प्रयोग गर्ने: Ncell App को ‘Partnered Services’ सेक्सनमा गएर आफूले पाउने छुट र कुन सामानमा लागू हुन्छ भन्ने विवरण हेर्ने। (प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकलाई फरक-फरक अफर कोड उपलब्ध हुनेछ।)

२. कोड लिने र खरिद गर्ने: प्राप्त भएको अफर कोड लिएर नजिकैको सहभागी सामसङ आधिकारिक डिलरमा गई सामान खरिद गर्दा छुट प्राप्त गर्न सकिनेछ।

आफ्नो नजिकैको सहभागी सामसङ स्टोरबारे जानकारी लिन ग्राहकहरूले टोल-फ्री नम्बर 16600172667 वा 9801572667 मा सम्पर्क गर्न सक्नेछन्।

यो अफर अक्टोबर ८ देखि नोभेम्बर १६, २०२६ (२०८३ कात्तिकसम्म) सम्म लागू हुनेछ। अफरमा तोकिएका सर्त तथा नियमहरू लागू हुने कम्पनीले जनाएको छ।