हिमालयन बुलियन कम्पनीकाे’एचबिसि एप’ सार्वजनिक

-



     सफल आवाज    
     असाेज २५ गते २०८३ मा प्रकाशित



काठमाडाै, २५ असाेज। सन् २००० मा स्थापना भएको काठमाडौंकाे चाँदी प्रशोधन तथा कारोबार गर्ने कम्पनी हिमालयन बुलियन कम्पनी लिमिटेडले अइओएस र एन्ड्रवइड प्रयोगकर्ताहरूका लागि आफ्नो नयाँ मोबाइल एप ‘एचबिसि एप’ हालै सार्वजनिक गरेको छ।

याे नयाँ एपमार्फत ग्राहकहरूले आफूलाई सहज हुने रकम र समयमा चरणबद्ध भुक्तानी गर्दै वास्तविक चाँदीका सिक्का तथा बार खरिद गर्न सक्नेछन्। सम्पूर्ण रकम भुक्तानी भएपछि उक्त चाँदी ग्राहकको पूर्ण स्वामित्वमा आउनेछ।

सामान्यतया चाँदी खरिद गर्न पहिले नै एकमुष्ट रकम जम्मा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। एचबिसि एप ले यस प्रक्रियालाई सरल बनाएको छ। अब ग्राहकहरूले आफूसँग उपलब्ध रकमबाटै चाँदी खरिदको सुरुवात गर्न सक्नेछन्।

एप सार्वजनिक गर्ने अवसरमा कम्पनीले ग्राहकहरूका लागि दुई विशेष योजनासमेत घोषणा गरेको छ। सलिकाे इन्स्याेरेन्स सँगकाे सहकार्यमा सबै ग्राहकलाई १० लाखसम्मको व्यक्तिगत दुर्घटना बीमा सुरक्षा उपलब्ध गराइनेछ। साथै, तिहारसम्म सञ्चालन हुने विशेष लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले टेस्ला मेडल ३ विद्युतीय कार जित्ने अवसर प्राप्त गर्नेछन्।

एचबीसीका अध्यक्षले भने, “चाँदी किन्नका लागि पहिलेदेखि नै पैसा बचत गर्दै आउनुपर्थ्यो। अब भने आफूसँग जति रकम उपलब्ध छ, त्यतिबाटै आजै सुरुवात गर्न सकिन्छ। अन्त्यमा ग्राहकले पाउने भनेको कुनै डिजिटल अंक होइन, हाम्रो भल्टमा सुरक्षित राखिएको वास्तविक चाँदी हो, जुन हामी स्वयं ग्राहकको हातमा हस्तान्तरण गर्छौँ।”

यस पहलमार्फत ग्राहकहरूले चाँदीको स्वामित्व प्राप्त गर्ने सुविधासँगै दुर्घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक जोखिमविरुद्ध थप सुरक्षा प्राप्त गर्नेछन्। यो सुविधा एचबीसीले आफ्नो ग्राहक समुदायलाई चाँदी खरिदको सेवाभन्दा बाहिर पनि थप मूल्य र सुरक्षा प्रदान गर्ने उद्देश्यले अघि सारेको हो। साथै बीमा सुरक्षा सम्बन्धित बीमालेखका सर्त, सीमा तथा प्रावधान अनुसार लागू हुने बताइएकाे छ।