
काठमाडौं, २८ असाेज । नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक आइएमई खल्ती लिमिटेडले Fintech Alliance Nepal द्वारा आयोजित तीनदिने Nepal Fintech Expo 2026 मा सहभागिता जनाएकाे छ। साे एक्स्पाेमा आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा, नयाँ उत्पादन तथा प्रविधिमा आधारित सुविधाहरू समेत प्रदर्शन गरेको छ।
कम्पनीले प्रयोगकर्ताको बदलिँदो आवश्यकता र डिजिटल जीवनशैलीलाई लक्षित गर्दै विभिन्न नयाँ उत्पादन सार्वजनिक र आफ्ना विद्यमान सेवा तथा सुविधाहरूबारे जानकारी प्रदान गरेको थियो।
डिजिटल वित्तीय सेवा तथा प्रविधिको क्षेत्रमा नवीनतम समाधानहरू प्रस्तुत गर्ने साझा मञ्चका रूपमा आयोजित एक्स्पोमा खल्तीसहित विभिन्न फिनटेक कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गरेका थिए। गत वर्षको एक्स्पोमा जस्तै यस वर्ष पनि खल्तीले आफ्ना नवीनतम उत्पादन सार्वजनिक गर्ने, प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने तथा डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्ने अवसरका रूपमा एक्स्पोलाई उपयोग गरेको हो।
एक्स्पोको पहिलो दिन खल्तीले Khalti Cards, eSIM तथा Personal Finance Challenge सार्वजनिक गरेको थियो। यी सेवामार्फत कम्पनीले डिजिटल भुक्तानी, डिजिटल कनेक्टिभिटी तथा व्यक्तिगत वित्त व्यवस्थापनलाई थप सहज र प्रयोगकर्तामैत्री बनाउने लक्ष्य लिएको छ। त्यसैगरी, एक्स्पोको तेस्रो दिन Khalti Pro, Stripe तथा Khalti Stock Hub सार्वजनिक गर्दै कम्पनीले आफ्नो सेवा इकोसिस्टमलाई थप विस्तार गरेको जनाएकाे छ।
३ दिनको अवधिमा सयौँ प्रयोगकर्ताले स्टल भ्रमण गरी खल्तीका विभिन्न उत्पादन तथा सेवाबारे जानकारी लिएका थिए। कम्पनीका प्रतिनिधिहरूले प्रयोगकर्तालाई सेवाहरूको विशेषता, प्रयोग गर्ने तरिका तथा उपलब्ध सुविधाहरूबारे जानकारी प्रदान गरेका थिए।
प्रयोगकर्ताको सहभागितालाई थप आकर्षक बनाउन खल्तीले एक्स्पो अवधिभर विभिन्न सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरहरू समेत उपलब्ध गराएको थियो। Smart Deposit, Cards, AI Fiesta, Insurance, Flights, Mobile Top-up, Data Pack, TV तथा ISP लगायतका सेवामा उपलब्ध अफरहरूले प्रयोगकर्तालाई खल्तीको विविध सेवा अनुभव गर्ने अवसर प्रदान गरेका थिए।
एक्स्पोमा सहभागी प्रयोगकर्ताहरूले विशेषगरी Khalti Cards, Stripe तथा Personal Finance Challenge प्रति उत्साह देखाएका थिए। डिजिटल भुक्तानीलाई सहज बनाउने, व्यक्तिगत वित्त व्यवस्थापनमा सकारात्मक बानी विकास गर्न प्रोत्साहित गर्ने तथा प्रविधिमा आधारित नयाँ सेवाहरू उपलब्ध गराउने खल्तीको प्रयासप्रति प्रयोगकर्ताले चासो देखाएका थिए।
एक्स्पोका क्रममा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस्ता कार्यक्रमले नवीनतम सेवाहरू सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गरेकाे बताए।
उनले यस वर्ष खल्तीले भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित अन्य सेवाहरू सार्वजनिक गरेको जानकारी दिएका थिए। नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्ने कम्पनीको प्रयासलाई थप प्रेरणा दिएको रेग्मीले बताए।
आइएमई खल्तीले डिजिटल भुक्तानीलाई केन्द्रमा राख्दै बचत, लगानी, बीमा, कनेक्टिभिटी तथा दैनिक जीवनका अन्य आवश्यकतासँग सम्बन्धित सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने दिशामा आफ्नो सेवा विस्तार गर्दै आएको छ। Nepal Fintech Expo 2026 मा गरिएको सहभागिता तथा नयाँ उत्पादनहरूको सार्वजनिक घोषणाले ‘Infinite Possibility’ को अवधारणा अन्तर्गत प्रयोगकर्तालाई एकीकृत डिजिटल वित्तीय तथा जीवनशैली सम्बन्धी सेवा प्रदान गर्ने कम्पनीको यात्रालाई थप अगाडि बढाएको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




