
काठमाडौं, ३० असोज। क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष ललितपुर जिल्ला निवासी स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गर्नुभएको छ ।
उहाँले भारतको छत्तीसगढ, खेरागढस्थित राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गर्नुभएको हो । नेपालमा नृत्य विषयमा विद्यावारिधिको उपाधि हासिल गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।
रघुवंशीले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यम लगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण प्रस्तुत गर्नुभएको थियो ।
विद्यावारिधी अघि उहाँले सृजना कलेज अफ फाइन आट्र्स, लाजिम्पाटबाट नृत्यमा स्नातक तथा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भारतनाट्यम नृत्यमा स्नात्तोकत्तर गर्नुभएको हो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




