चुनावअघि नेतान्याहुलाई ट्रम्पको समर्थन

-



     सफल आवाज    
     कार्तिक २ गते २०८३ मा प्रकाशित



जेरुसेलम, २ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायलको संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन गर्नुभएको छ । उहाँको समर्थनले कडा चुनावी प्रतिस्पर्धामा नेतान्याहुको पुनःनिर्वाचन प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा नेतान्याहुलाई बलियो, साहसी र प्रतिभाशाली नेता भन्दै उहाँको पुनःनिर्वाचन अभियानलाई पूर्ण समर्थन गर्ने घोषणा गर्नुभएको छ । नेतान्याहुले पनि ट्रम्पलाई धन्यवाद दिँदै इरानको खतरा हटाउन आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै मिलेर काम गर्ने बताउनुभयो ।

इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा आक्रमण गर्दा ट्रम्पले नेतान्याहुलाई साथ दिनुभएको थियो । तर, युद्धको विरोध र तेलको मूल्यवृद्धिबीच उहाँ अप्रिलमा युद्धविराम गर्न सहमत हुनुभएको थियो । इरानसँग कूटनीतिक सम्झौता सम्भव नभएको नेतान्याहुको भनाइ र ट्रम्पको वार्तामार्फत द्वन्द्व अन्त्य गर्ने प्रयासबीच मतभेदसमेत देखिएको थियो ।