सुन र चाँदीको मूल्यमा भारी गिरावट, तोलामा कति घट्यो?

-



     सफल आवाज    
     कार्तिक ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ कार्तिक । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको हो।

यस दिन सुन प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदी तोलामा २३० रुपैयाँले घटेको छ। मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत कार्तिक २ गते सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेर प्रतितोला तीन हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको छ। गत कार्तिक २ गते सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार १८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।