
काठमाडौं, २२ कात्तिक। तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइँदैछ भने बेलुकी माता लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइन्छ।
१. कुकुर तिहार र नरक स्नान
वैदिक सनातन संस्कृतिमा कुकुरलाई यमराजको दूत तथा मानव सुरक्षाको अत्यन्त बफादार सहयोगी मानिन्छ। परम्परागत धार्मिक मान्यतासँग जोडिएको यो पर्व आधुनिक युगमा आइपुग्दा सुरक्षा र अपराध अनुसन्धानका क्षेत्रमा समेत कुकुरको महत्वपूर्ण योगदानलाई स्मरण गर्दै मनाउने गरिएको छ।
त्यसैगरी, आजै बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता रहेको छ।
२. तिहारका अन्य पर्वहरूको मिति
- गाईपूजा: भोलि परेको छ।
- गोरुपूजा, हलितिहार, गोवर्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा: कात्तिक २४ गते मङ्गलबार परेको छ।
शास्त्रीय वचनअनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गर्नुपर्छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यसै दिनदेखि नेपाल संवत् ११४४ समेत सुरु हुनेछ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




