
काठमाडौं, ३० कात्तिक । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेड (SAPIL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। आक्रामक बजार विस्तार र बिक्री आम्दानीमा भएको वृद्धिका कारण यस त्रैमासमा कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको छ।
खुद नाफा ५०.८३ प्रतिशतले वृद्धि
प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ७८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ५०.८३ प्रतिशतले बढेको छ।
बिक्री आम्दानी र मुनाफामा उच्च छलाङ
कम्पनीको मुख्य व्यावसायिक बिक्री आम्दानी ५५.७५ प्रतिशतले बढेर ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ७ करोड ४६ लाख रुपैयाँ रहेको थियो। बिक्रीमा भएको यो वृद्धिसँगै कम्पनीको कुल मुनाफा गत वर्षको ३ करोड १४ लाख रुपैयाँबाट बढेर ४ करोड ५२ लाख रुपैयाँ कायम भएको छ।
त्यस्तै, सञ्चालन मुनाफा समेत गत वर्षको ९२ लाख ३९ हजार रुपैयाँबाट ८१.६८ प्रतिशतले बढेर १ करोड ६७ लाख ८६ हजार रुपैयाँ पुगेको छ।
चुक्ता पुँजी र प्रतिशेयर आम्दानी (EPS)
कम्पनीको चुक्ता पूँजी गत वर्षको २५ करोड ५० लाख रुपैयाँबाट बढेर ३७ करोड ४० लाख रुपैयाँ पुगेको छ भने जगेडा तथा कोषमा १ करोड ६३ लाख रुपैयाँ सञ्चित रहेको छ। पुँजी वृद्धि भए तापनि कम्पनीले आफ्नो प्रतिशेयर आम्दानीलाई सबल राखेको छ। वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा कायम भएको छ। यसैगरी, प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ३७ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १४७ रुपैयाँ २४ पैसा पुगेको छ।
भविष्यको योजना: हेटौँडामा अत्याधुनिक उद्योग विस्तार
कम्पनीले कैलालीको अत्तरियामा रहेको उद्योगको क्षमता वृद्धि गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ भित्रमै हेटौँडा औद्योगिक क्षेत्रमा अत्याधुनिक मेसिन तथा उपकरणद्वारा सबै किसिमका डेकोरेटिभ पेन्ट्स र इन्डष्ट्रियल पेन्ट्स उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि बढाएको छ। हाल उक्त प्रस्तावित उद्योगको वातावरणीय प्रभाव मूल्यांकन अन्तिम चरणमा पुगेको र हेटौँडा औद्योगिक क्षेत्रमा मेसिन तथा उपकरण जडानको कार्य तीव्र रूपमा भइरहेको व्यवस्थापनले जानकारी दिएको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




