पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड बढी घाटा

-



     सफल आवाज    
     मंसिर १ गते २०८३ मा प्रकाशित



काठमाडौं, १ मङ्सिर। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ।

इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट कात्तिक २९ गते नयाँ खरिद मूल्य प्राप्त भए तापनि आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले साबिककै मूल्यलाई निरन्तरता दिएको हो।

निगमले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च उतारचढाव भइरहेकाले स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन गर्न नसकिएको स्पष्ट पारेको छ।

मूल्य नबढाई यथावत राख्दा निगमलाई हालको स्थितिमा पाक्षिक (१५ दिनमा) करिब १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको विज्ञप्तिमा उल्लेख छ।

क्षेत्रअनुसार कायम गरिएको खुद्रा बिक्री मूल्य (प्रतिलिटर):

वर्गसमेटिएका क्षेत्रहरूपेट्रोल (रु.)डिजेल / मट्टितेल (रु.)
पहिलो वर्गचारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज१९७.५०१९७.५०
दोस्रो वर्गसुर्खेत र दाङ१९९.००१९९.००
तेस्रो वर्गकाठमाडौँ, पोखरा र दिपायल२००.००२००.००