
पोखरा, १ मंसिर । आज राष्ट्रिय कर दिवस । राष्ट्रिय कर दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पोखरामा पनि कर दिवसको अवसरमा प्रभातफेरी गरिएको छ । ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवस २०८३ मनाइने भएको छ ।
राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रम आयोजना गरेको छ । कर सप्ताहका रूपमा मनाइने कार्यक्रममा प्रभातफेरी, वस्तुगत संघसंस्थासँग अन्तरक्रिया तथा कर प्रशिक्षण, मैत्रीपूर्ण फुटसल प्रतियोगिता र करदाता सम्मानलगायतका कार्यक्रम समावेश गरिएको छ ।
कार्यक्रम अन्तर्गत मंसिर १ गते मंगलवार बिहान ७ बजे पोखरा सभागृहदेखि रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।कार्यक्रमा सहभागिहरुले बिभिन्न प्लेकार्ड सहित सभागिता जनाएका थिए । प्रभातफेरी सभागृहदेखि ,सृजनाचोक,जनप्रिय स्कुल,रत्नचोक,राष्ट्रबैंक चोक हुदै सहिदचोक बाट रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालयमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा पोखरामा रहेका बिभिन्न संघसस्थाहरुको सहभागिता रहेको थियो । सहभागिता जनाउने संस्थाहरुमा पोखरा उद्योग बाणिज्य संघ,लेखनाथ उद्योग बाणिज्य संघ,पोखरा पर्यटन परिषद्,नेपाल निमार्ण ब्यवसायी संघ कास्की,महिला उद्यमी संघ नेपाल कास्की लगाएतका संस्थाहरुको सहभागिता रहेको थियो । त्यसैगरी, मंसिर २ देखि ६ गतेसम्म विभिन्न स्थानमा वस्तुगत संघसंस्थासँग अन्तरक्रिया तथा कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
मंसिर ५ र ६ गते छोरेपाटनस्थित डेभिस फल फुटसल सेन्टरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना हुनेछ। कर सप्ताहको अन्तिम दिन मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखराको परिसरमा करदाता सम्मानसहित विशेष कार्यक्रम आयोजना गरिनेछ ।
कर प्रणालीप्रति नागरिकको सचेतना अभिवृद्धि गर्ने, करदातालाई करसम्बन्धी जानकारी प्रदान गर्ने, कर सहभागिता बढाउने तथा कर प्रशासन र करदाताबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । पोखरा कार्यालयमा आयोजित करदाता सम्मान कार्यक्रममा तीन जनालाई सम्मान गरिने कार्यलयले जनाएको छ ।









नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




