गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्ने १४ स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मानित

-



     सफल आवाज    
     मंसिर ४ गते २०८३ मा प्रकाशित



पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने १४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आज सम्मान गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको अवसर पारेर मन्त्रालयले बिहीबार (मंसिर ४ गते) पोखरामा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई सम्मान गरेको हो। समारोहमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री नन्द प्रसाद न्यौपानेले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो।

निमित्त प्रदेश सचिव सुरज गुरौका अनुसार उत्कृष्ट कर्मचारी छनौट तथा सिफारिस गर्न गठित समितिको सिफारिस, सम्बन्धित कर्मचारीको कार्यसम्पादन, स्वःप्रेरित सेवाभाव र सरोकारवालाहरूको सुझावका आधारमा उनीहरूको छनौट गरिएको हो। मन्त्रालयको मंसिर २ गतेको मन्त्रीस्तरीय निर्णयबाट सम्मानित हुने कर्मचारीहरूको नामावली टुङ्गो लगाइएको थियो।

सम्मानित हुने १४ स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको नामावली

सि.नं.नामपदकार्यरत संस्था तथा ठेगाना
१.डा. शिशिर देवकोटामेडिकल सुपरिटेण्डेन्टप्रदेश अस्पताल, लमजुङ
२.डा. प्रदिप कुमार दासकन्सल्टेन्ट मेडिकल जनरलिष्टप्रदेश अस्पताल, मुस्ताङ
३.डा. विजय ओझाकन्सल्टेन्ट अब्स्ट्रेट्रीक्स एण्ड गाइनेकोलोजिष्टधौलागिरी प्रादेशिक अस्पताल, बागलुङ
४.डा. राजेश पौडेलकन्सल्टेन्ट मेडिकल जनरलिष्टगलकोट नगर अस्पताल, बागलुङ
५.डा. दिनेश थापाकन्सल्टेन्ट मेडिकल जनरलिष्टबुर्तिवाङ अस्पताल, बागलुङ
६.डा. दीक्षा पौडेलआयुर्वेद शल्य चिकित्सकगण्डकी आयुर्वेद अस्पताल, कास्की
७.डा. सागर थापामेडिकल अधिकृतसाल्मेभञ्ज्याङ स्वास्थ्य चौकी, क्व्होलासोथार गा.पा., लमजुङ
८.केशव प्रसाद चापागाईजनस्वास्थ्य प्रशासकप्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
९.शान्ति भण्डारीवरिष्ठ नर्सिङ अधिकृतमध्यविन्दु प्रादेशिक अस्पताल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
१०.प्रविण भण्डारीसहायक तथ्यांक अधिकृतप्रादेशिक स्वास्थ्य तालिम केन्द्र, पोखरा
११.लालदेवी गर्बुजासि.अ.हे.व.भुरुङ तातोपानी स्वास्थ्य चौकी, अन्नपूर्ण गा.पा., म्याग्दी
१२.मानसिङ पुनहेल्थ असिस्टेन्टसेरावाङ आधारभूत स्वास्थ्य केन्द्र, ढोरपाटन न.पा., बागलुङ
१३.रज्जना राईअ.न.मी.लार्केबजार स्वास्थ्य चौकी, चुमनुब्री गा.पा., गोरखा
१४.बैकुण्ठ भण्डारीकार्यालय सहयोगीस्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश