यस्तो छ लाइसेन्स ट्रायलमा ७० अंकको नियम शुरु नहुँदै रोकिनुको कारण

-



     सफल आवाज    
     मंसिर २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० मंसिर । ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पुग्ने व्यवस्था स्थगित भएको छ । यो व्यवस्था केही दिनअघि बागमती प्रदेशभित्र लागू गरिएको थियो । तर उक्त व्यवस्था केही समयका लागि स्थगित गरिएको छ ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंका अनुसार जनशक्ति अभावले आवश्यक तयारी पूरा गर्न नसक्दा मुख्यमन्त्रीको कार्यलयले दिएको निर्देशनका आधारमा तत्कालका लागि प्रक्रिया रोकिएको हो । यसका लागि आवश्यक तयारी पूरा गर्न थप समय लाग्ने भएकाले हालका लागि स्थगित गरिएको चौलागाईँको भनाइ छ ।

उनले भने, ‘शुक्रबार मन्त्रयालयबाट जनशक्ति अपुग भएर तयारी पूरा गर्न नसकिने कुरा आयो । निर्देशिका कार्यान्वयन गर्दा हरेक परीक्षार्थीको छुट्टाछुट्टै फाराम तयार गर्नुपर्छ । त्यसैले पहिले लागू हुन्छ भनेको निर्देशिका पछि स्थगित गर्नुपर्ने निर्णय भयो । नयाँ अंकभार प्रणाली चाँडै नै कार्यान्वयनमा ल्याउने जानकारी आएको छ ।”