सेगवेले उपत्यकाका १० ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने

-



     सफल आवाज    
     मंसिर २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । सेगवे इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक आई हबले उपत्यकाका १० ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । सेगवेले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेशन निर्माण गर्न लागेको हो ।

कम्पनीका अनुसार यी चार्जिङ स्टेशनहरूमा फास्ट–चार्जरहरू उपलब्ध हुनेछन् जसका कारण कम समयमै धेरै राइडरले चार्जिङ सेवा प्राप्त गर्नसक्ने छन् । चार्जिङ स्टेशन निर्माणले ग्राहकहरुको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउने कम्पनीले विश्वास लिएको छ ।

कम्पनीले निर्माण गर्ने यी स्टेशन भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँच योग्य स्थानमा निर्माण गरिने बताइएको छ । यस्ता ठाउँबाट राइडरले सहज रुपमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई सहजै चार्ज गर्न सकुन् भन्ने कम्पनीको उद्देश्य रहेको छ ।