
काठमाडौं, ३ पुस, । हिरो मोटोकर्पले आफ्नो एक्सपल्स २०० टूभीको उत्पादन बन्द गर्ने भएको छ । हालै कम्पनीले आफ्नो वेबसाइटबाट एक्स्पल्स २००टूभी हटाएसँगै यसको उत्पादन बन्द हुने निश्चित भएको हो ।
हिरो आफ्नो हालसम्मकै सर्वाधिक सफल एड्भेन्चर मोडलको २०० फोरभी भर्सन अघिल्लो वर्षबाटै बिक्री गर्दै आएकोले २०० टूभीको उत्पादन बन्द गर्न लागेको बताइएको छ । हालसम्म २०० मा फोरभी र टूभी छान्न पाइने भए पनि उत्पादन बन्द भएसँगै टूभी भने स्टक रहुञ्जेल मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले ४ भल्भ प्रविधिमा ल्याएको एक्सपल्सको लोकप्रियता बढेसँगै २ भल्भ भएको टूभी भर्सन बन्द गर्ने निरर्णय गरेको हो । यसबाहेक कम्पनीले एक्सपल्सलाई अझै शक्तिशाली भर्सनमा समेत ल्याउने तयारी गरिरहेको बुझिएको छ ।
यसरी आउने भनिएको शक्तिशाली भर्सन केही समय अघि भारतको लद्दाखमा परीक्षणको क्रममा देखिएको थियो । यो मोटरसाइकल २०२३ को अन्त्यसम्ममा बजारमा आउने अनुमान गरिएको छ । हिरो मोटोकर्पले एक्सपल्स २०० टूभी र फोर भीको बीचमा भारतमा १० हजार र नेपालमा ४९ हजार रुपैयाँ मूल्य फरक पारेरर बिक्री गर्दै आइरहेको छ । नेपालमा एक्सपल्स २०० टूभीको मूल्य ४ लाख ३ हजार ५ सय तथा फोर भी मोडलको ४ लाख ५२ हजार ५ सय रुपैयाँ रहेको छ ।
नेपालका लागि हिरोको आधिकारिक बिक्रेता एनजीएम हिरोले भने टूभी र फोरभी दुवैबै मोडल आफ्नो वेबसाइटमा राखेको छ । भारतबाट स्टक आउञ्जेल नेपालमा यसको बिक्री हुने र स्टक आउन छोडेपछि नेपालमा पनि उपलब्ध नहुने बुझिएको छ








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




