झोला चोरी भएकाेमा नेपाली समाज टेक्सास परिवारद्वारा समस्याको समाधान गर्न माग

-



     सफल आवाज    
     पौष ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ पुस । नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले टेक्सास राज्यको डालस (Dallas), अस्टिन (Austin) र ह्यस्टन (Houston) शहरहरुमा डिसेम्बर १५ देखि २०, २०२२ सम्म घुम्ती कन्सुलर सेवा शिविरमार्फत् विद्युतीय राहदानी र गैर-आवासीय नेपाली परिचयपत्र सेवा प्रदान गरेर करीब १००० नेपाली त्यस कार्यबाट लाभान्वित भएको जनाएकाे छ ।

फेरी पनि यस किसीमको सेवा प्रत्येक बर्ष गर्ने बचनसहित कार्यक्रम सफल गर्दैगर्दा केहि गलत नियतका ब्यक्तिद्वारा Houston, Texas को कार्यक्रम पश्चात काठमाडौं रेस्टुरेन्टमा Nepal Embassy का अधिकारीहरू खाना खाएर फर्कने बेला रेस्टुरेन्ट बाहिरबाट सेवा शुल्क (Money order/Cashier Checks) जम्मा गरीएको झोला चोरी भएकोले त्यस निन्दनीय कार्यप्रति नेपाली समाज टेक्सासले दु:ख ब्यक्त गरेकाे छ ।

त्यसकार्यमा संलग्न ब्यक्तिको खोजी गरी स्थानीय प्रशासनले यथासक्य छिटो समस्याको समाधान गरोस् भन्दै सहयोगको अपेक्षा गरिएकाे नेपाली समाज टेक्सास परिवारले जनाएकाे छ । कसैसंग Money Order वा Cashier Check को अर्धकट्टी वा Copy सुरक्षित भएमा संम्बन्धित जारी गर्ने स्थानमा गएर त्यसलाई रद्ध गरीदिनुहुन अनुरोध गरिएकाे नेपाली समाज टेक्सास परिवारका अध्यक्ष राजेन्द्र वाग्लेले जनाएका छन् ।

नेपाली राजदूतावासद्वारा जारी गरिएकाे सूचना