नवनियुक्त प्रधानमन्त्री प्रचण्डकाे शपथ अपराह्न ४ बजे, नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्ड र केहि मन्त्रीहरूको शपथ ग्रहण समारोह अपरान्ह ४ बजे हुने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिएका छन् । प्रचण्डलाई प्रतिनिधि सभाका १६९ जना सांसदले समर्थन गरेका छन् ।

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री

यसैबीच नेकपा माओवादी केन्द्रको आज बिहान बसेकाे पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष रहेका नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको उपमहासचिव गिरिराजमणी पोखरेलले जानकारी दिएका छन् ।

प्रचण्डले दिउँसो ४ बजे शपथ लिएपछि सानो मन्त्रीमण्डल बनाउने तयारी गरेका छन् । १ सय ६९ सांसदको समर्थन लिएर प्रचण्ड आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेपछि उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।