एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल, अरु को को परे ?

-



     सफल आवाज    
     पौष ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ पुस । अर्थ मन्त्रालय नेकपा एमालेको भागमा परेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ बन्ने सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने तयारी भएको छ ।

पौडेलबाहेक ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि आजै सरकारमा सहभागी हुने एमाले पार्टी कार्यालय स्रोतले जनाएको छ ।

नेकपा माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने पक्का भैसकेको छ । स्रोतका अनुसार सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दावी गरेको बुझिएको छ ।