
काठमाडौं, १५ पुस । नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा एक प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल गरेको छ ।
पुस १४ गते शुक्रबार भएको उक्त भेटघाट तथा छलफलमा अर्थमन्त्री पौडेलले आफूले अटोमोबाइल क्षेत्रलाई नजिकबाट चिनेको बताउँदै अटोमोबाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए ।
भेटका क्रममा अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको आवश्वासन दिँदै अटोमोबाइल व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न आग्रह समेत गरेका थिए ।
उक्त अवसरमा नाडा अध्यक्ष थापाले कोभिड महामारीका कारण यो व्यवसायमा धेरै अप्ठ्यारा परिस्थितिहरु सृजना भएका सम्रण गराउँदै यस्तो विकट स्थितिमा पनि अटोमोबाइल व्यवसायीहरुले जसोतसो व्यवसाय सञ्चालन गरी आएकोमा पछिल्ला समयमा आएका विभिन्न नीतिहरुले पहिल्यैदेखि प्रताडित अटोमोबाइल व्यवसायलाई झनै कठीन अवस्थामा पुर्याएको गुनासो गरे ।
यसैकारण व्यवसायीहरु आफ्नो व्यवसायबाट नै पलायन भइरहेकोले अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरिदिन पनि उनले आग्रह गरे ।
सोही क्रममा अध्यक्ष थापाले बढदो ब्याज दर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखी अर्थतन्त्रलाई गतिशील बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्यूनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्न आग्रह गरेका थिए ।
यसबाहेक अटो लोन-हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेशियोको हालको सीमा ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत कायम गर्ने लगायत नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुँदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागू गर्न कठिन हुने देखिएको सन्दर्भमा यो निर्देशिकालाई दुई वर्षसम्म स्थगित गर्ने व्यवस्थाका लागि पनि विशेष आग्रह गरेका थिए।
उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




