मन्दाकिनी हाइड्रोकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० पुस । मन्दाकिनी हाइड्रोपावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयाेजनका लागि बिहबार पुस २१ गते बुकक्लोज गर्ने बताएकाे छ ।

साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरधनीहरुले आज बुधबारसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरेर कायम भएकाे हुनुपर्ने छ । यसरी कायम भएका सेयरधनीहरु मात्र सभामा सहभािग हुन र लाभांश पाउनका लागि याेग्य मानिनेछन् ।

मन्दाकिनी हाइड्रोपावरले पुस ३० गते बत्तिसपुतली काठमाडाैस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्कवेटमा नवौँ साधारण सभा डाकेकाे छ । सभा पूर्वान्ह ११ बजे शुरु हुनेछ ।

सो दिन साधारण सभाबाट २ करोड ९४ लाख १ हजार ८४५ रुपैयाँ बराबरको नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । यस्तै संस्थापकहरुबाट ४ जना, सर्वसाधारण समूहबाट २ जना र स्वतन्त्र १ सहित ७ जना सञ्चालकहरु चयन गरिने सूची रहेकाे छ ।