जोन्टेस एड्भेन्चर मोटरसाइकलको नेपालमा बिक्री सुरु

-



     सफल आवाज    
     पौष २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ पुस । चिनियाँ कम्पनी जोन्टेसका एड्भेन्चर मोटार्ड सेग्मेन्टका नयाँ मोटरसाइकल नेपाली बजारमा बिक्री सुरु भएको छ । जोन्टेसका मोटरसाइकल नेपालमा विगत ५ वर्षदेखि बिग बाइकहरुको सर्भिसमा काम गर्दै आएको आइरन मंक प्रालि नामक कम्पनीले ल्याएको हो ।

आइरन मंकले जोन्टेस मोटरसाइकलमा लाइफ टाइम निशुल्क सर्भिस दिने बताएको छ । ग्राहकले एक पटक जोन्टेस मोटरसाइकल खरिद गरेपछि सर्भिसिङका लागि कुनै रकम खर्च गर्नु पर्दैन ।

आइरन मंकले हाल नेपाल ल्याएको जीटी १५५ एभेन्चर मोटार्ड डिजाइनको मोटरसाइकलमा ९ भन्दा धेरै फिचर १५५ सीसी सेग्मेन्टमा नै पहिलो रहेको कम्पनीको दावी छ । यसमा प्रिमियम एड्भेन्चर मोटरसाइकलहरु बीएमडब्ल्यू जीएस १२५०, अफ्रिका ट्वीनजस्ता मोटरसाइकलमा हुने स्पोक ट्युबलेस टायर राखिएको छ । यसबाहेक सुपरबाइक ग्रेड १० एम्पियर आवरको ब्याट्री, एयर टेम्प्रेचर सेन्सर, जिंक कोटेड फ्यूल ट्याङ्क, वाटर रेसिस्टेन्स ब्याकलिट स्वीच गियर, ३०० एमएम साइज डिस्क ब्रेक तथा डबल च्यानल एबीएस जस्ता फिचरहरु दिइएका छन् ।

यो मोटरसाइकलमा दिइएका अन्य फिचरमा एन्टि हिटेड अन्डर बेली एक्जष्ट, आल्मुनियम स्विङ आर्म, यूएडी फर्क, फास्ट चार्जिङ यूएसबी पोर्ट, डबल एलइडी हेडल्याम्प, एलइडी डिआरएल लगायतका छन् । जोन्टेस जीटी १५५ मा यूरो ५ मापदण्डका लिक्विड कुल्ड एफआई इन्जिन छ । यसले १९.०३ पीएस पावर र १६ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।

नेपालमा यो मोटरसाइकल अलोय र स्पोक ह्वील गरी दुई भेरियन्टमा उपलब्ध छ । अलोय ह्वील भेरियन्टको मूल्य नेपालमा ५ लाख ३९ हजार ९ सय तथा स्पोक ह्वील भेरियन्टको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मोटरसाइकाल कम्पनीले टेकुमा आफ्नो पहिलो शोरुम स्थापना गरेर बिक्री वितरण सुरु गरेको छ ।