
काठमाडौं, २६ पुस । जापानी कम्पनी होन्डाले सीएल सिरिजको सबैभन्दा सानो मोडल हालै प्रदर्शन गरेको छ । होण्डाले इटलीको मिलानमा नोभेम्बर १० देखि १३ सम्म आयोजना भएको इआइसीएमए २०२३ मा सीएल ५०० सार्वजनिक गरेकोमा अहिले त्यसैको सानो संस्करण सीएल ३०० देखाएको प्रदर्शन गरेको हो ।
चिनियाँ बजारलाई मध्यनजर गर्दै सीएलको सानो मोडल बजारमा ल्याउन लागेको होण्डाले जनृको छ । यसको उत्पादन पनि चीनमा रहेको प्लान्टमा नै हुने बताइएको छ । सीएल ३०० मोडल स्क्र्याम्बलर डिजाइनमा तयार गरिएको छ भने यो यूरोप तथा अन्य एशियाली देशहरुमा पनि बिक्री वितरण हुने बुझिएको छ । यो मोटरसाइकालमा २८६ सीसी क्षमताको इन्जिन राखेको छ । यो इन्जिनले अधिकतम २५.७ पीएसको पावर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यसमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । यसबाहेक गोलाकार हेडल्याम्प, गोलाकार लुकिङ ग्लास, एलइडी लाइट, गोलो आकारको डिजिटल डिस्प्ले र माथि सिटसँगै दिइएको एग्जस्ट यो मोटरसाइकलका मुख्य विशेषताहरु हुन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




