
काठमाडौं, २७ पुस । नेपाल धितोपत्र बोर्डले ३ वटा ब्रोकर कम्पनीलाई नगद जरिवाना गरेकाे छ । यस्तै बाेर्डले रेटिङ एजेन्सी केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोधेको छ ।
बोर्डले जनाए अनुसार सनी सेक्युरिटीज, इम्पेरियल सेक्युरिटीज र त्रिसुल सेक्युरिटीजलाई नगद जरिवाना गरिएकाे हाे । बोर्डका अध्यक्ष रमेश हमालले केयर रेटिङ नेपाललाई स्पष्टीकरण मात्र साेधेकाे जानकारी दिए ।
सनी सेक्युरिटीज कम्पनीले तोकिएको अवधिभित्र प्रतिवेदन नबुझाएपछि बाेर्डले रुपैयाँ १० हजार रुपैयाँ जरिवाना गरेकाे छ । इम्पेरियल सेक्युरिटीजले त्रैमासिक आर्थिक प्रतिवेदन पेश नगरेकोले रुपैयाँ ७५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने बाेर्डले जनाएकाे छ । त्रिशुल सेक्युरिटीजे त्रैमासिक आर्थिक प्रतिवेदन नबुझाएपछि कारबाहीमा परेकाे हाे । कम्पनीले रुपैयाँ ७५ हजार जरिवाना तिर्नुपर्ने भएकाे छ ।
बोर्डका अनुसार केयर रेटिङ नेपालले केयर रेटिङ नियमावली २०६८ को उल्लंघन गरेपछि स्पष्टीकरण साेधिएकाे हाे । उसले आफ्नै मुख्य सेयरधनीको रेटिङ गरेकोले कानून अनुसार हदैसम्मको कारबाही किन नगर्ने ? भनि बाेर्डले स्पष्टीकरण साेधेकाे हाे।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




