कम्बोडियाली प्रधानमन्त्री मालदिभ्सको भ्रमणमा

-



     सफल आवाज    
     माघ १ गते २०७९ मा प्रकाशित



नोम्पेन्ह , १ माघ । कम्बोडिायली प्रधानमन्त्री सामदेक टेको हुन सेन मालदिभ्सको भ्रमणमा गएका छन् । उनी आइतबार बिहान मालदिभ्सका लागि प्रस्थान गरेको कम्बोडियाको राजधानी नोम्पेन्हबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

एकजना कम्बोडियाली अधिकारीले प्रधानमन्त्री हुन सेन मालदिभ्सको तीन दिने भ्रमणका लागि आइतबार बिहान मालदिभ्सको राजधानी माले प्रस्थान गरेको जानकारी दिए। कम्बोडिया र मालदिभ्सका बीचमा सन् १९९५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो भ्रमण भएको प्रधानमन्त्री हुन सेनसँगको भ्रमणमा रहेका कम्बोडियाली एकजना मन्त्री सिरी थामरोङले जानकारी दिए।

नोम्पेन्हको अन्तर्राष्ट्रिय विमानस्थलमा उनले सो कुराको जानकारी दिए। उनले प्रधानमन्त्री हुनसेनको यस भ्रमणका क्रममा मालदिभ्ससँग दुई पक्षीय सम्झौता पनि हुने बताए। उनले भने–प्रधानमन्त्री हुनसेनले मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग द्विपक्षीय वार्ता गर्ने छन्।

त्यस अवसरमा दुई देशका बीचमा केही सहमति र सम्झौता पनि हुने भएको छ । उनले दुई देशका बीचमा विभिन्न छ ओटा क्षेत्रमा सम्झौता पनि हुन लागेको जानकारी दिए। कूटनीतिक, पर्यटन, स्वास्थ्य र वातावरणका क्षेत्रमा कम्बोडिया र मालदिभ्सका बीचमा समझदारी हुन लागेको पनि उनले जानकारी दिए ।