सुजुकी भी स्टोर्म एड्भेन्चर मोटरसाइकल नेपाल आउँदै

-



     सफल आवाज    
     माघ २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ माघ । सुजुकीको हालै भारतमा सार्वजनिक भएको भी स्ट्रोम २५० एड्भेन्चर टुरर मोटरसाइकल नेपाल आउने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइलले यो नयाँ मोटरसाइकल नेपाल ल्याउने तयारी गरिरहेको बताएको छ । नयाँ वर्ष २०८० को हाराहारीमा यो मोटरसाइकल नेपालमा देख्न पाइने अपेक्षा गरिएको छ ।

यो मोटरसाइकल डेली कम्युट, हाइवेमा लामो यात्रा र अफरोडका लागि समेत उपयोगी हुनेगरी डिजाइन गरिएको बताइएको छ । यसमा सुजुकीको इजी स्टार्ट सिस्टम, सुजुकी राइड कनेक्ट र यूएसबी आउटलेट फिचर पनि दिइएको छ ।

प्राविधिक हिसाबले हेर्दा यसमा २४९ सिसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड एसओएचसी इन्जिन जडान गरिएको छ । यसले अधिकतम २६.५ पिएस पावर र २२.२ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दावी छ । यसमा ८ कोण भएको एलइडी हेडलाइट दिइएको छ । पछाडिपट्टि उच्च क्षमता भएको एलइडी टेल लाइट दिइएको यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स २०५ एमएम र सिट हाइट ८ सय ३५ एमएम रहेको बताइएको छ ।