
काठमाडौं, १३ माघ । जापानी कम्पनी होन्डाले भारतीय बजारमा सबैभन्दा सस्तो मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले हाल बजारमा रहेको सिडी ११० भन्दा कम मूल्य पर्नेगरी नयाँ मोडल ल्याउने गरेको बुझिएको छ ।
यसअघिको सबैभन्दा कम शक्तिशाली र कम मूल्यको मोडल सीडी ११० भएकोमा कम्पनीले अब आउने मोडल १०० सीसी क्षमताको बनाउने बताइएको छ । कम्पनीले हिरो स्प्लेन्डरको सबैभन्दा बढी भलेको १०० सीसी भर्सनसँग प्रतिस्पर्धा गर्ने हिसाबले यो मोडल ल्याउन लागेको आकलन गरिएको छ । उक्त मोटरसाइकल भारतीय बजारमा आगामी मार्च महिनामा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
सन् २०२१ मा होन्डा इन्डियाका सीईओ अतुसी ओगाटाले १०० सीसी सेग्मेन्टमा मोटरसाइकल ल्याउने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप कम्पनीले १०० सीसी सेग्मेन्टमा मोटरसाइकल ल्याउने भएको हो ।
प्रतिस्पर्धी हिसाबले आउन लागेकोले कम्पनीले ल्याउने १०० सीसी मोटरसाइकल हिरो स्प्लेन्डरभन्दा कम मूल्यको हुनुको साथै स्प्लेन्डरको तुलानमा धेरै माइलेज दिने अनुमान गरिएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




