
काठमाडौं, १५ माघ । आइएमई लाइफ इन्स्योरेन्सका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीले हालै आर्थिक वर्ष २०७८/७९ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गर्दै बीमितले पाउने बोनसको रेञ्ज जानकारीमा ल्याएको हो । उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कका रकममा बोनस दर निर्धारण गरेको हो । कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने भएको हो ।

नयाँ दर अनुसार सावधिक तथा सामूहिक जीवन बीमालेखमा न्यूनतम ३२ रुपैयाँ देखि ७० रुपैयाँसम्म, सावधिक-अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार ३२ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस दिइनेछ । यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमितले ३० रुपैयाँ देखि ६३ रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) अन्तरगतका सबै अविधमा बीमालेखमा २० रूपैयाँ बोनस दिइनेछ । नया बोनस दर बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दावी, पूर्ण वा आंशिक अवधि भुक्तानी दावी, समर्पण मूल्य दावी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुनेछ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



