हिमालय उर्जाको हकप्रद सेयरमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     श्रावण २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ साउन । पोखरा, २४ साउन । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर खुलाएको हो । कम्पनीले काल कायम भएको १ कित्ता बराबर नयाँ १ कित्ताको रेसियोमा हकप्रद खुलाएको हो । अर्थात कम्पनीले रुपैयाँ ९९ करोड बराबरको रुपैयाँ १०० अंकित दरमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।

सेयर निष्काशनको प्रयोजनका लागि असार २० गते बुक क्लोज गरिएको थियो । यसका लागि लगानीकर्ताले असार २९ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएको हुनुपर्नेछ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।

आवेदन बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, सेबोनबाट अनुमति पाएका सिआस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइनबाट दिन सकिनेछ । यस्तै लक्ष्मी सनराइ बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन पाईनेछ ।

कम्पनीको चुक्ता पुँजी ९९ करोड रहेको छ । हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ९८ करोड पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।