
माघ १५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पर्यटन प्रवर्द्धनका लागि कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोयल नेपाल गल्फ क्लबमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो । सो प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘कर्पोरेट गल्फ मार्फत मुलुकका उद्यमी व्यवसायीलाई एकै ठाउँमा जोड्न सकिन्छ । गल्फ मार्फत आन्तरिक र बाह्य पर्यटन वृद्धि गर्न पनि महत्वपूर्ण सहयोग पुग्छ भन्ने मैले अपेक्षा गरेको छु ।’
गल्फ खेल मार्फत पर्यटन विकास पनि हुने भएकाले देशव्यापी बनाउन आवश्यक रहेको अध्यक्ष मल्लको भनाइ थियो । गल्फ खेलले शारीरिक विकास र मनोरञ्जनसँगै मानसिक स्वास्थ्यमा पनि सहयोग पुर्याउने भएकाले यसलाई व्यापक बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा चेम्बरले आगमी वर्ष पनि गल्फ प्रतियोगितालाई निरन्तरता दिने उनले बताए ।
गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राज्यको साथ र नीतिगत व्यवस्था गरेर गल्फको विकास मार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने बताए । यसका लागि निजी क्षेत्रको सबै भन्दा पुरानो संस्था चेम्बरसँग १ सय वर्ष भन्दा पुरानो इतिहास बोकेको रोयल नेपाल गल्फ क्लब सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।
शनिबार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर अध्यक्ष मल्लले सम्मान समेत गरे । पुरुषतर्फ नीतिममनी राजभण्डारी ४० उच्च स्कोर सहित पुरस्कित भए । यसैगरी महिलातर्फ ३२ स्कोर सहित आर्सिया बानु पुरस्कृत भइन् । यस्तै चेम्बरको आमन्त्रित समूह तर्फबाट कान्तिपुर दैनिकका सहायक म्यानेजर किशोर बस्नेत ३५ स्कोर सहित पुरस्कृत भएका थिए ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




