
काठमाडौं, २५ माघ । यातायात व्यवस्था विभागले लाइसेन्स छाप्ने मास प्रिन्टर खरिदका लागि पुन: टेन्डर आह्वान गर्ने भएको छ । नेपाली आपूर्तिकर्ताहरूले मास प्रिन्टर खरिदमा चासो नदेखाएपछि पुन: टेन्डर गरिन लागेको हो । विभागका अनुसार यसअघि खुलाइएको टेन्डरमा कुनै आवेदन परेको थिएन ।
यातायात विभागका महानिर्देशक टोकराज पाण्डेका अनुसारर मास प्रिन्टर ल्याउन नेपाली आपूर्तिकर्ताले मात्र आवेदन दिन पाउने गरी टेन्डर आह्वान गरिएकोमा कुनै आवेदन नआएको हो । यसै हिसाबले पुन: टेन्डर आह्वान गरिने उनको भनाइ छ ।
अहिले दैनिक ६ हजार लाइसेन्सको माग रहेकोमा विभागसँग भएको मास प्रिन्टरले दैनिक ४ हजारवटा मात्र कार्ड प्रिन्ट गर्न सक्ने पाण्डेले बताए । यस हिसबाले दैनिक २ हजार कार्ड अपुग आउँछ । प्रिन्ट गर्न बाँकी रहेको ७ लाख स्मार्ट लाइसेन्स प्रिन्ट हुन पनि यही हिसाबले गर्दा अझै समय लाग्ने देखिएको छ ।
वैदेशिक रोजगारीमा जाने अथवा विदेश जानेहरूका लागि ३ दिनमै लाइसेनस पाउने व्यवस्था रहेकोले लाइसेन्स छाप्दा उनीहरुरलाई प्राथमिकता दिनुपर्ने र अरु सेवाग्राहीले अझै धेरै समय कुर्नुपर्ने अवस्था थपिएको विभागले जनाएको छ । मास प्रिन्टर आएपछि दैनिक ३ सिफ्टमा काम गरेर कार्ड प्रिन्ट गर्ने पाण्डेले बताए ।
हाल २ सिफ्टमा मात्र कार्ड प्रिन्टको काम भइरहेको छ भने नयाँ मास प्रिन्टर थपिएपछि सिफ्ट पनि थपिने र प्रत्येक सिफ्टमा छापिने लाइसेन्सको सङ्ख्या पनि बढ्ने भएकाले बाँकी कार्डहरु पनि छापेर बाँड्न सकिने महानिर्देशक पाण्डेको भनाइ छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




