नीतिगत दर घटेपछि बैंकको ब्याजदर घट्नेछ : प्रवक्ता डा. भट्ट

-



     सफल आवाज    
     माघ २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले नीतिगत दर घट्नुले बैंकको ब्याजदर घट्ने बताएका छन् ।प्रवक्ता भट्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा भविष्यमा आउनसक्ने असहजता र मुलुकको आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति आएको इंगित गर्दै यस्तो बताएका हुन् ।

शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले व्यवस्था गरेका नीतिका विषयमा प्रकाश पार्दै प्रवक्ता भट्टले ओभरनाइट तरलता सुविधाको ८.५ प्रतिशतको बैंक दरमा रहेको ब्याजदरलाई ७ प्रतिशतमा ओभरनाइट तरलता सुविधा दिने व्यवस्था गरिएकोले बैंकको ब्याजदर घट्ने बताएका हुन् । ।

उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशालाई अर्धवार्षिक समिक्षामा सजगतापूर्वक विगतकै कसिलो नीतिलाई निरन्तरता दिइएको स्वीकार गरे । प्रवक्ता भट्टले मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था विगतको तुलनामा केही सहजता भएपनि स्टेकहोल्डरको अपेक्षा बढ्दै गएको र केही सहजता गरिदिनुपर्ने देखिएकाले राष्ट्र बैंकले केही सहजता कामय गर्नेगरी नीतिगत व्यवस्था गरेको दाबी गरे ।

उनले पछिल्लो समय बैंकको ब्याजदर घट्दो अवस्थामा रहेकाले बजारमा ऋणीहरुलाई परेको ब्याजदरको दबाब समग्र व्यवसायिक वातावरणमा थप मनोबल बढाउनु पर्ने आश्यकता रहेको पनि बताए । अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखेर ओभरनाइट दरमा पुनारावलोकन गरी ८.५ प्रतिशतबाट ७ प्रतिशतमा कामय गरेको उनको भनाइ थियो ।

उनले बैंकहरुले राष्ट्र बैंकबाट ओभरनाइट लिने ऋण लिँदा लाग्ने ब्याजदर कम भएकाले केही समयपछि कर्जाको ब्याजदरलाई घटाउने बताए । २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा–ब्याज तिर्न नसके १ महिनापछि भुक्तानी भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको पनि उनले उल्ल्ख गरे ।