सेगवेको एन सिरिज इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक

-



     सफल आवाज    
     फागुन १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ फागुन । सेगवे-नाइनबोटको नयाँ एन सिरिज स्कुटर नेपालमा सार्वजनिक भएको छ । सेगवे-नाइनबोटको नेपालमा लागि आधिकारिक विक्रेता आई-हब प्रालिले एन १०० इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

एन १०० स्कुटरमा १७२८ वाटको मोटर पावर र ७२भोल्ट २४ एम्पीयर आवरको ब्याट्री राखिएको छ । यो स्कुटरले एक पटकको फुलचार्जमा १०५ किलोमिटरसम्मको रेन‍ज दिने कम्पनीको दावी छ ।

हालै सार्वजनिक गरिएको यो स्कुटरमा स्मार्ट कनेक्ट फिचर तथा मोबाइल एप्लिकेसन मार्फत स्कुटर लक/अनलक गर्ने सुविधा उपलब्ध छ । कम्पनीले यो स्कुटरको सुरुवाती मूल्य २ लाख ६० हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको छ ।